एनसेलले ल्यायो अनलिमिटेड नाइट भ्वाइस प्याक

0
Shares

एनसेलका प्रिपेड ग्राहकले अब एनसेल नेटवर्कभित्रका आफ्ना साथीभाई तथा आफन्तजनसँग रातिको समयमा अझै सुलभ दरमा असीमित कुराकानीको फाइदा लिन सक्नेछन्। एनसेल प्रालिले अनलिमिटेड नाइट भ्वाइस प्याक ल्याएको छ।

जसअन्तर्गत एनसेलका ग्राकहले एनसेल नेटवर्कभित्र रहेका आफ्ना साथीभाई तथा आफन्तजनसँग बेलुका १० बजेदेखि विहान ६ बजेसम्म मात्र रु १० (रु १२.७७ कर सहित) मा असिमित कुराकानी गर्न सक्नेछन्।

अनलिमिटेड नाइट भ्वाइस प्याक बिहीबार (पुस ३) देखि सञ्चालनमा रहनेछ। यो प्याक सुचारु गर्न चाहने एनसेलका ग्राहकले एष्ट्रिक्स १७११८ एस्ट्रिक्स ३ ह्यास डायल गरी प्याक सुचारु गर्न सक्छन्।

त्यस्तै एसएमएसमार्फत यो प्याक सुचारु गर्न ग्राहकले अंग्रेजीको ठुलो अक्षर एनयु टाइप गरि १७११८ मा एसएमएस पठाउन सक्नेछन्। प्याक सुचारु गरेपछि २४ घण्टाको लागि मान्य हुनेछ।

यो प्याकले ग्राहकलाई थप सुविधा प्रदान गर्ने र साथीभाई तथा आफन्तजनसँग सुलभ दरमा सम्पर्कमा रहि रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ। यो अफर चैत ४ गतेसम्म सञ्चालनमा रहनेछ।