पेप्सीका सञ्चालकविरुद्ध ठगी मुद्दा, करिब २ अर्ब जरिवाना माग

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नक्कली भ्याट बिल प्रयोग गरेको आरोपमा पेय पदार्थ पेप्सीको उत्पादक कम्पनी वरुण वेभेरेजका सञ्चालकविरुद्ध राजस्व अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। 

वरुण वेभरेजले २५ करोड ३४ लाख रुपियाँबराबरको नक्कली भ्याट बिल प्रयोग गरेको भेटिएको छ। आयकरतर्फ भने वरुण वेभरेजले ३९ करोड ६१ लाख रुपियाँ ठगेको थियो। विभागले ६४ करोड ९६ लाख रुपियाँ बिगो कायम राखेर त्यसको दोब्बर १ अर्ब ९४ करोड रुपियाँ जरिवाना र ३ वर्षसम्म सजाय माग राख्दै काठमाडौं जिल्ला अदालतमा बिहीबार मुद्दा दायर गरेको हो।

विभागका महानिर्देशक दीर्घराज मैनालीले एकवर्षको अनुसन्धानपछि वरुण वेभरेजले नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छली गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएको बताउनुभयो।

‘बहुराष्ट्रिय कम्पनी नै नेपालमा नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छली गर्नु राम्रो संकेत होइन, ठूलो कम्पनीले नै कानुन विपरितको काम गरेको देखियो,’ बिहीबार आयोजित पत्रकार सम्मेलनमा मैनालीले भन्नुभयो।

विभागका अनुसार वरुण वेभरेजले २५ करोड ३४ लाख रुपियाँबराबरको नक्कली भ्याट बिल प्रयोग गरेको भेटिएको छ। आयकरतर्फ भने वरुण वेभरेजले ३९ करोड ६१ लाख रुपियाँ ठगेको थियो। विभागले ६४ करोड ९६ लाख रुपियाँ बिगो कायम राखेर त्यसको दोब्बर १ अर्ब ९४ करोड रुपियाँ जरिवाना र ३ वर्षसम्म सजाय माग राख्दै काठमाडौं जिल्ला अदालतमा बिहीबार मुद्दा दायर गरेको हो।

विभागले वेभरेजका सञ्चालक अमित गुप्ता, रविकान्त ताजपुरिया, रोहित कोहली, प्रविनकुमार अग्रवाल, बिनोदकुमार सिंहविरुद्ध पनि जेल सजाय माग राखेको छ, वरुण वेभरेज भारतीय कम्पनी हो। जसले नेपालमा अमेरिकन पेय उत्पादक कम्पनी पेप्सीको उत्पादन तथा बिक्री गर्दै आएको छ।