परिवार सखाप पार्नेहरुलाई सँजाय

0
Shares

मनिला, (एजेन्सी)।

फिलिपिन्सको एक अदालतले राष्ट्रकै सबैभन्दा भयावह तथा खतरनाक राजनीतिक आमहत्याका दोषी सूत्रधार पत्ता लगाएको छ। सन् २००९ मा दक्षिणी प्रान्त मागुइन्दानाओमा एउटा सवारी साधनमाथि भएको आक्रमणमा त्यसमा सवार ५८ जना मानिसको ज्यान गएको थियो।

मारिनेमध्ये ३२ जना पत्रकार रहेका थिए। यस घटनामा दोषी ठहरिएका एउटै आदिवासी समूहका पाँचजना सदस्यमध्ये दाजुभाइ एन्दाल आम्पातुआन जुनियर र जाल्दी आम्पातुआनलाई जनही आजन्म कैद सुनाइएको छ। ती दाजुभाइ समूहकै तेस्रो व्यक्तिलाई भने सफाइ दिइएको छ।

यस मुद्दालाई न्याय प्रणालीको इमानदारिताको परीक्षणका रूपमा पनि हेरिएको छ। मानव अधिकारवादी समूहले राष्ट्रमा शक्तिशाली राजनीतिज्ञलाई क्षमादान दिने कार्य बढिरहेको आरोप लगाइरहेको बेला अदालतले यो निर्णय दिएको हो। यस घटनामा केही आदिवासी समूहका अन्य तीनजना सदस्य अनवर आम्पातुआन सिनियर, अनवर आमपातुआन जुनियर र अनवर साजिद आम्पातुआनलाई पनि दोषी ठहर गरिएको छ।

ती सम्पूर्ण आम्पातुआनले आफूविरुद्ध लगाइएका अभियोग अस्वीकार गर्दै आफूहरुले यस निर्णयविरुद्ध माथिल्लो अदालतमा अपिल गर्ने पत्रकारलाई बताएका छन्। आम्पातुआन परिवारको निर्देशन मानेर यस हत्याकाण्डमा सरिक रहेका अन्य व्यक्तिलाई भने अदालतले जनही छदेखि दस वर्ष लामो कारावास सँजाय तोकेको छ।

यस हत्याकाण्डमा मुछिएका केही प्रहरी अधिकारी र अम्पातुआन परिवारका सदस्यलगायत अन्य करिब ८० जना अझै फरार रहेको प्रहरीले जनाएको छ। तर अभियोग लगाइएका मध्ये अधिकांश प्रहरी अधिकारीले सफाइसमेत पाइसकेका छन्। वर्षौंदेखि हिंसाग्रस्त मागुइन्दानाओ प्रान्तमा आमपातुआन परिवारले एकछत्र कब्जा गर्दै आएको छ।