प्रेस संगठनको सुदूरपश्चिम प्रदेश कमिटीले पूर्णता पायो

0
Shares

बैतडी, (नेस)।

प्रेस संगठनको सुदूरपश्चिम प्रदेश कमिटिले पूर्णता पाएको छ। बैतडीसहित सुदूरपश्चिमका सबै जिल्लाका संयोजक र सह संयोजक पनि चयन भएका प्रदेश सह–सयोजक नवराज भण्डारीले बताउनुभयो।

विगतमा भएको सहमतिअनुसार पूर्वप्रेस सेन्टर र पूर्वप्रेस चौतारीले नेतृत्व पाएका जिल्लाअनुसार बिहीबार संयोजक र सह संयोजक तोकिएको हो।

जसअनुसार बैतडीमा पूर्वसेन्टरका चन्द्रकान्त अवस्थी संयोजक भएका छन् भने पूर्वचौतारीका चन्द्रप्रकाश लोहिया सहसंयोजक भएका छन्।
डडेल्धुरामा पूर्वचौतारीका उत्तर विष्ट संयोजक भएका छन् भने पूर्वसेन्टरका करण ताम्राकार सहसंयोजक भएका छन्। डोटीमा पूर्वसेन्टरका कर्ण चन्द संयोजक भएका छन् भने पूर्वचौतारीका नवराज जोशी सहसंयोजक भएका छन्।

अछाममा पूर्वसेन्टरका नरेन्द्र रावल संयोजक भएका छन्। सहसंयोजक पूर्वचौतारीका कृष्णबहादुर बुढा भएका छन्। बाजुरामा पूर्वचौतारीका वसन्त विश्वकर्मा संयोजक भएका छन् भने पूर्वसेन्टरका नरदिव ओड सहसंयोजक भएका छन्।

बझाङमा पूर्वचौतारीका रमेश केसी संयोजक भएका छन् भने पूर्वसेन्टरका राजेन्द्रबहादुर सिंह सहसंयोजक भएका छन्। दार्चुलामा पूर्वचौतारीका नरेन्द्र कार्की संयोजक भएका छन् भने पूर्वसेन्टरका इन्द्र साउद सहसंयोजक भएका छन्।

यस्तै कैलालीका पूर्वसेन्टरका हरिश विक संयोजक भएका छन् भने पूर्वचौतारीका मीन ठकुरी सहसंयोजक भएका छन्। कञ्चनपुरमा पूर्वचौतारीका कर्ण चन्द संयोजक भएका छन् भने पूर्वसेन्टरका राजेन्द्र अवस्थी सह संयोजक भएका छन्।