नर्सिङ संघलाई चुनाव लाग्यो

0
Shares

काठमाडौं, (नेस)।

नेपाल नर्सिङ संघको निर्वाचन पुस ९ मा हुने भएको छ। चुनावी घोषणासँगै चुनावी माहोल तातिएको छ। चुनावी प्रतिस्प्रर्धामा दुई प्यानल खडा भएको छ। प्रा. मनकुमारी राईको नेतृत्वमा एउटा प्यानल र प्रा. मुना रानाको नेतृत्वमा अर्को प्यानल खडा भई चुनावी मैदानमा होमिएको छ।

राईको प्यानलले १९ बुँदे घोषणापत्र जारी गरेर चुनावी मैदानमा होमिएको छ भने रानाको प्यानलले पनि २१ बुँदे घोषणापत्र जारी गरेको छ। संघको निर्वाचनमा २१ मतदान केन्द्र तोकिएको छ।

प्रा. मनकुमारी राईको प्यानलमा वरिष्ठ उपाध्यक्ष रमेश सुब्बा, उपाध्यक्ष मीना बानियाँ, महासचिव नर्वदा थापा, सचिव प्रमिला थकाली, कोषाध्यक्ष कल्पना श्रेष्ठ रहनुभएको छ।

त्यसैगरी सदस्यमा खुल्लातर्फ विजया अधिकारी, जनजाति हरिप्रसाद कोजू, आदिवासीमा सोनु शेर्पा, दलित सपना विक, मधेशी अन्जुकुमारी महतो, मुस्लीममा कोहिनुर फारुकीका साथ अनमी अम्बिका पौडेल र अनमी सीता केसीको उम्मेदवारी घोषणा गरिएको छ।

मुलुक संघीयतामा गएपछि १४ जनाको केन्द्रीय समिति र ७ प्रदेश अध्यक्ष रहने प्रावधान रहेको संघले बनाएको छ। प्रा. मुना रानाको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा उर्मिला श्रेष्ठ, उपाध्यक्षमा विमलाकुमारी शाह, महासचिव, यशोदा बराल, सचव जया मिश्र, कोषध्यक्ष कविता आचार्य रहेका छन्।

त्यसैगरी सदस्यमा ज्योति रानाभाट, भीमकुमारी श्रेष्ठ, प्रेमालक्ष्मी खागी, मोहनकुमारी गैर, विणाकुमारी यादव, इजरायल शाह, सीता भसाल, मीरा गुरुङको उम्मेदवारी घोषणा भएको छ।