लाङटाङ राष्ट्रिय निकुञ्जको राजस्व २९ लाख

0
Shares

रसुवा, (नेस)।

लङटाङ राष्ट्रिय निकुञ्ज रसुवाले मंसिर महिनाको राजस्व करिब २९ लाख ९८ हजार ६ सय ८५ रुपियाँ ४५ पैसा संकलन गरेको छ।निकुञ्जका वन प्राविधिक एवम रेन्जर बस्नेतका अनुसार पर्यटक, वन पैदावार, तथा अन्य विवरणबाट यति रकम उठेको हो।

मंसिर महिनामा मात्रै नेपाली ५ सय ७० जना, सार्क राष्ट्रका २४ जना, विदेशी ८ सय ८९ ,हेलिकोप्टर १४ रहेका छन्।यस्तै वन पैदावारतर्फ काठ १४ सय ५० घनमिटर, दाउरा १/२ चट्टा , बालुवा २७ घनमिटर, ढुंगा २५ घनमिटर रहेको छन्। उठेको कुल राजस्वमा पर्यटनबाट मात्रै २७ लाख ६० हजार उठेको छ।