क्याम्पस प्रमुखको कक्षमा तालाबन्दी

0
Shares

दिलकुमार लिम्बू, ताप्लेजुङ।

आफूहरूले राखेका मागको सुनुवाइ नभएको भन्दै अनेरास्ववियूले बिहीबार ताप्लेजुङ सदरमुकामस्थित पाथीभरा बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख र प्रशासन कक्षमा तालाबन्दी गरेको छ।

विद्यार्थीले तिनुपर्ने शुल्कमा अनावश्यकरूपमा भएको ३० प्रतिशत वृद्धि, आर्थिक अपारदर्शीता, विषयगत शिक्षकको माग र क्याम्पस प्रशासनले विद्यार्थीमाथि गर्ने मनोमानी व्यवहारविरुद्ध तालाबन्दी गरिएको हो।

क्याम्पस प्रशासन माग सम्बोधन गर्न तयार नगरेको र उल्टै विद्यार्थीका मागप्रति बेवास्ता राख्न थालेकोले बाध्य भएर तालाबन्दी गरिएको अनेरास्ववियूका विद्यार्थीले जानकानरी दिए। तालाबन्दी भए पनि पठनपाठनमा भने कुनै समस्या नरहने उनले बताए।

क्याम्पसमा अध्यनरत विद्यार्थीको हस्ताक्षर संकलन गरी जिल्ला प्रसाशन कार्यालय, जिल्ला समन्वय समिति र फुङ्लिङ नगरपालिको ऐक्यवद्धतापत्रसमेत बुझाएका थिए।