रुपन्देही र बाँके लागुु औषधको मुुख्य थलो: मन्त्री केसी



यमलाल भुसाल, बुटवल ।

प्रदेश ५ लाई लागुु औषध मुुक्त प्रदेश बनाउन सरकारले अभियान थालेको आन्तरीक मामिला तथा कानुुन मन्त्री कुुल प्रशाद केसीले बताउनुुभयो । विहिवार बुुटवलमा निजामति कर्मचारी श्रीमती संघ केन्द्रीय समितिले आयोजना गरेको लागुु औषध बिरुद्धको जनचेतना कार्यक्रममा वौल्दै मन्त्री कसीले प्रदेश ५ मा रुपन्देही र बांके लागुु औषधको मुुख्य थलो भएका बताउनु भयो ।

उमेरका हिसाबले १८ देखी ३० बर्ष उमेर समुुह र सामान्य मजदुुरी र बिद्यार्थी बर्गमा लागुु औषध प्रयोगकर्ता धेरै भएकाले पनि बिद्यालय प्राथमीकतामा राखिएको भन्दै लागुु औषध आफुुलेपनि प्रयोग नगर्न र अरुलाईपनि नगर्ने बाटोमा लाग्नका लागी प्रोत्साहन गर्न र समाजलाई बिकसित बाटोमा हिडाउन बिद्यार्थीले पहल गर्नुुपर्ने उहाँले बताउनु भयो ।

कार्यक्रमा आन्तरीक मामीला मन्त्रालयका सचिब शंकर प्रशाद खरेलले बिद्यार्थी भबिष्यका कर्णधार भएकाले कुुलतबाट जोगिन र संगीसाथीलाई पनि प्रयोग नगर्न भुिमीका खेल्न अनुुरोध गर्नुुभयो ।

जनचेतना अभियान सञ्चालन गर्ने अभियानमा बिद्यार्थी नै पहिलो प्रथमिकतामा राखेर समाज परिबर्तनमा केही योगदान पुुर्याउन खोजिएको निजामती कर्मचारी श्रीमती संघका अध्यक्ष चन्द्रकला रेग्मीले बताउनुुभयो ।

कार्यक्रममा सिद्धार्थ गौतमबुुद्ध क्याम्पसका प्रमुख बाबुुराम पाण्डे, अक्सफोर्ड उच्च माबिका प्राचार्य दिनेश भुुसाल लगायतले बोल्दै आगुु औषध बिरुद्धको अभियानमा आफुुहरुले साथ दिने बताउनु भयो । कार्यक्रम प्रहरी निरीक्षक भोजराज पाण्डेले सहजीकरण गर्नुुभएको हो ।

प्रतिक्रिया दिनुहोस्