सिभिल बैंक र एनबीआईबीच सम्झौता सम्पन्न


सिभिल बैंक र नेसनल बैंकिङ इन्ष्टिच्युट (एनबीआई) बीच तालिम कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौताअनुसार एनबीआईले सिभिल बैंकका कर्मचारीको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरू उपलब्ध गराउने छ।

उक्त सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नेसनल बैंकिङ इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालबीच हस्ताक्षर भएको छ।