डिसहोममा पनि नेपाल आइडल

0
Shares

नेपाल आइडलको तेस्रो संस्करण कार्यक्रमको प्र्रसारण टेलिभिजनमा समाप्त भए लगतै उक्त कार्यक्रम डिसहोमको रियालिटी टिभी च्यानल नं. १४३ मा पुनः प्रसारण गरिने भएको छ।

डिसहोम नेपाल आइडल सिजन ३ सँग पावरड बाई श्रेणीमा आबद्ध भएको छ। डिसहोमका बिक्री प्रमुख रमेश सापकोटले भन्नुभयो–‘हामी दर्शकलाई उत्कृष्ट गुणस्तरको प्रसारणमात्र होइन साथमा उत्कृष्ट मनोरञ्जन प्रदान गर्न पनि अग्रसर रहँदै आएका छौं। यसभन्दा अघिका अन्य रियालिटी शोहरूलाई जस्तै नेपाल अइडल ३ सँग पनि संलग्न हुन पाएकोमा हामी हर्षित छौं।’