आन्तरिक कर्जा बढ्यो

0
Shares

काठमाडौं, (नेस)।

चालू आर्थिक वर्षको चार महिनामा कुल आन्तरिक कर्जा २ दशमलव ३ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा ५ दशमलव १ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७६ कात्तिक मसान्तमा यस्तो कर्जा १८ दशमलव १ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५ दशमलव ७ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ९ दशमलव १ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७६ कात्तिक मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १५ दशमलव ३ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ३ दशमलव १ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३ दशमलव ६ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७६ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १७ दशमलव ४ प्रतिशतले बढेको छ।

चालू आवको कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७ दशमलव ७ प्रतिशत, ३२ दशमलव ५ प्रतिशत र ४८ दशमलव ७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ७ दशमलव ७ प्रतिशत, ३४ दशमलव ७ प्रतिशत र ४६ दशमलव २ प्रतिशत रहेको थियो।