लोभको कारण आजन्म कैद

0
Shares

बर्लिन, (एजेन्सी)।

श्री सम्पत्तिको नाममा एउटा कार मात्र भएका जर्मनीका एक जना बेरोजगार पुरुषलाई जानीजानी एकजना साइकल चालकलाई ठोकाएको आरोपमा अदालतले आजीवन कारावास सजाय तोकेको छ।

जेलमा बसेर निशूल्क खान पाउने उद्देश्यले उनले जानीजानी जेल जान सो कुकृत्य गरेको प्रहरीले जनाएको छ।उत्तरी राज्य लोअर साक्सोनीमाको बाइसाइकल लेनमा आक्रमणमा परेका ती व्यक्ति सिकिस्त घाइते भएको बताइएको छ। ती ६२ वर्षीय बेरोजगार आक्रणकारीसँग पीडितको कुनै चिनजाने रहेको थिएन।

आलेनवर्गका एक अदालतका न्यायाधीशहरुले जेलेमा बसीबसी खाने लोभले उनले अनावश्यक अपराध कार्य गरेको दाबी गरेका छन्। सुनवाइको क्रममा अदालतले उनले कम्प्युटर वैज्ञानिक पदको जागिर कसरी गुमाए र आफ्नो सारा बचत रकम युरोप भ्रमणमा सकाए भन्नेबारे विस्तृत विवरण दिएको थियो।

यस आक्रमण गर्दाको समय नाम नखुलाइका ती व्यक्तिको कारको लाइसेन्सको म्यादसमेत नाघिसकेको थियो। नियतवश साइकल लेनमा गएर ४८ वर्षीय व्यक्तिलाई आक्रमण गर्ने उनीविरुद्ध हत्या प्रयासको मुद्धा चलाइएको हो। ती साइकल चालक अझै पनि शारीरिक र मानसिकरूपमा पीडित रहेको बताइएको छ।