चर्च यौन शोषण प्रकरण : पोपसम्बन्धी गोपनीयताको निमय लागू नहुने घोषणा

0
Shares

रोम, (एजेन्सी)।

रोमन क्याथोलिक धर्मगुरु पोपले नाबालकसँगको यौन शोषणसँग जोडिएका मामिलामा ‘पोन्टिफिकल सेक्रेसी’ अर्थात पोप सम्बन्धित मामिलाको गोपनीयताको नियम लागू नहुने घोषणा गरेका छन्।यस प्रकारका मामिलामा पारदर्शिता ल्याउने उद्देश्यले यो कदम उठाएको चर्चले जनाएको छ।

यसअघि चर्चमा यौन शोषणको मामिलामा प्रायः लुकाउने गरिन्थ्यो। यो कदम पीडितको निजता र अभियुक्तको प्रतिष्ठाको रक्षाका लागि उठाउने गरेको चर्चले जनाएको छ।

तर मंगलबार पोप सम्बन्धी नयाँ दस्तावेजअनुसार अब जसले आपूm उत्पिडन भएको उजुरी गर्छ वा आफू पीडित भएको बताउँछ भने उनीमाथि कुनै प्रतिबन्द रहने छैन।

गत फेब्रुअरीमा भएको भ्याटिकन सम्मेलनमा चर्चका धार्मिक नेताहरूले योसँग जोडिएका नियम अन्त्य गर्न माग गरेका थिए। यो नियम अन्त्य गर्न यस प्रकारको मामिलामा पारदर्शिता आउने साथै प्रहरी र न्यायिक संस्थाहरूले चर्चबाट जानकारी लिन सकिने र यसले उनीहरूको काम सहज हुने उनीहरूले बताएका थिए।

पोपले आफ्नो घोषणामा उत्पिडनसँग जोडिएका जानकारीको मामिलामा अहिले पनि ‘सुरक्षा, सत्यता र गोपनीयता’ को ध्यान राख्नुपर्ने उल्लेख गरेको छ। यस प्रकारको मामिलाको जाँचमा कानुनको पालना गर्न र न्यायिक संस्थाहरूलाई सहयोग गर्न उनले भ्याटिकनका अधिकारीलाई निर्देशन दिए।

पोपले चाल्ड पोर्नोग्राफीमा ‘भ्याटिकनको परिभाषा’मा पनि परिवर्तन गरेका छन्। भिडियोमा देखिने पीडितको उमेर १४ बाट बढाएर १८ वर्षसम्म पुर्याइएको छ। अब यदि पोर्न भिडियोमा १८ वा योभन्दा कम उमेरका व्यक्ति छ भने त्यसलाई चाइल्ड पोर्नोग्राफी मानिन्छ।

माल्टाका आर्कबिसप र भ्याटिकनका सबैभन्दा अनुभवी यौन उत्पिडन जाँचकर्ता रहेका चाल्र्स सिक्लुनाले सो कदमलाई महत्वपूर्ण भएको बताए। यसबाट जाँच प्रक्रियामा आउने अड्चन कम हुनेछ।उनले भेटिकन न्युजसँग भने, पारदर्शिताको प्रश्न अब उच्चतम स्तरमा लागू गरिएको छ।

विश्वभरी नै पादरीद्वारा यौन उत्पिडनको हजारौं समाचार आएपछि चर्चमा एक प्रकारको भूकम्प नै आएको थियो। वरिष्ठ पादरीमाथि यस प्रकारका मामिला लुकाएको आरोप लागेको थियो। त्यसपछि पोप फ्रान्सिसमाथि यस संकटको कुनै हल निकाल्न दबाव बढेको हो।