डेढ क्विन्टल ‘फ्रोजन फिस’ बरामद

0
Shares

भद्रपुर, (नेस) ।

नेपालमा प्रतिबन्धित करिब ३ लाख मूल्य बराबरको ‘फ्रोजन फिस’ झापा प्रहरीले बरामद गरेको छ। मेचीनगर नगरपालिका—६ स्थित तुर्कैनी खेलमैदान परिसरबाट सोमबार राति साढे १० बजे उक्त परिणामको फ्रोजन फिस बरामद गरेको हो।

तीन वटा कार्टुनमा प्याक गरेर ल्याएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो। बरामद गरिएको माछा एक/एक किलोको रोल बनाएर प्लास्टिकमा प्याक गरिएको उहाँले बताउनुभयो।