बैतडीमा जिप दुर्घटना हुँदा प्रहरीको मृत्यु


न्युज अफ नेपाल, बैतडी ।

बैतडीमा जिप दुर्घटना हुँदा एक प्रहरी जवानको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–१ का २४ वर्षीय सुदीप श्रेष्ठको मृत्यु भएको हो।घाइतेहरुको अवस्था समान्य रहेको छ।

बैतडीस्थित पुरघाट प्रहरी चौकी हाटमा कार्यरत प्रहरी जवान श्रेष्ठको उपचारको क्रममा डडेल्धुरा अस्पतालमा दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

जिप र जिप चालक पूर्णानन्द बडुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।
बुधबार खोड्पेबाट पुर्चौडी हाटका लागि छुटेको म १ ज ३२९ नम्बरको जिप पुर्चौंडी नगरपालिका ६ सनगाउँमा सडकमै जिप पल्टेको हो।