प्रहरीका दुई डीआईजी सरुवा


न्युज अफ नेपाल, काठमाडौं ।

गृहमन्त्रालयले नेपाल प्रहरीका दुई डीआईजीहरुको सरुवा गरेको छ । डीआईजी शैलेस थापा (क्षेत्री) र डीआईजी बिश्वराज पोखरेलको सरुवा भएको हो ।

बिहिवार भएको गृह मन्त्रीस्तरीय निर्णय अनुसार महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख रहेका डीआईजी थापाको प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ ।

सचिवालयमा सरुवा भएसंगै डीआईजी थापाले केन्द्रिय प्रहरी प्रवक्ताको जिम्मेवारी पाउनेछन्। करिब डेढ बर्ष अगाडी एसएसपी हुँदापनि डीआईजी थापा नेपाल प्रहरीको केन्द्रिय प्रवक्ता थिए ।

हालका प्रहरी प्रवक्ता डीआईजी पोखरेलले महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुखको जिम्मेवारी पाएका छन् ।