प्रदेश पांचको स्थायी राजधानीका लागि बुटवल की दाङमा अझै विवादः मन्त्री चौधरी


यमलाल भुसाल, बुटवल ।

प्रदेश पांच सरकारका प्रवक्ता तथा भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेशको स्थायी राजधानी तोक्नका लागि सबै दलका शिर्ष नेताहरुको विषय बन्नु पर्ने बताउनुभएको छ ।

प्रदेश पांचको नामाकरणको लागि कूनै समस्या नभएको तर स्थायी राजधानी तोक्नका लागि समस्या भएकाले शीर्ष नेताहरुको धारणा चाहिने बताउनुभयो । कानुन सम्बत दुइ तिहाई भएपनि स्थायी राजधानीका लागि बुटवल र दाङको विवाद भएकाले शीर्ष नेताहरुको धारणा आवश्यक परेको उहाँले बताउनुभयो ।

उहांँले हिजो निर्वाचका बेला दाङका नेताहरुले दाङ र बुटवल नजिकका नेताहरुले बुटवल स्थायी राजधानी भनेकाले अहिले समस्या परेकाले राजनीतिक निर्णय आवश्यक परेको बताउनुभयो ।

उहाँले प्रदेश नामाकरण र स्थायी राजधानी सिफारिस विशेष समितिले प्रतिवेदन बुझाई सकेको बताउंदै अब प्रदेश सभामा प्रस्तुत गरेर काम कारवाहीलाई अगाडी बढाउने बताउनुभयो ।

रिपोर्टर्स क्लवले बुधबार बुटवललमा आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री चौधरीले यस्तो बताउनुभएको हो । सर्वसम्बत बनाउने प्रयास गरिने र नभए जहां बहुमत सिद्व हुन्छ त्यही प्रदेश स्थायी राजधानी र नामाकारण गरिने मन्त्री चौधरीको भनाइ छ ।

उहांले प्रदेश पांचको स्थायी राजधानी र नामबारे मिडियाले चासो लिएको उल्लेख गर्दै मिडियाकर्मी साथिहरुलाई नढाटी भन्दा प्रदेश ३ को निर्णय भएपछि प्रदेश पांचमा निर्णय गर्नका लागि उपयुक्त हुने बताउनुभयो ।

प्रदेश पांचचमा दुर्घटना न्यूकीकरणका लागि सबै सरोकारवालाहरुसंग छलफल गरी दुर्घनालाई जिरो गराउने गरी काम गरिने उहांको भनाइ छ ।

प्रदेश पांचको भौतिक पूर्वाधार मन्त्रालयले वजेटको ४३ प्रतिशत खर्च गर्नुपर्ने उल्लेख गर्दै मन्त्री चौधरीले भन्नुभयो – कर्मचारीको कमीले वजेट खर्चमा समस्या परेको छ ।

मन्त्री चौधरीले अहिलेसम्म १०/१२ प्रतिशत वजेट खर्च भएको जानकारी गराउंदै पुस मसान्तसम्म ४० प्रतिशत वजेट सक्ने गरी कामलाई अगाडी बढाइएको बताउनुभयो ।

प्रदेश नामाकरण र स्थायी राजधानी सिफारिस विशेष समितिका सदस्य तथा प्रदेश सांसद सहसराम यादवले सबै जिल्लाबाट राय सुझाव संकलन गरी प्रतिवेदन पेश गरिएको बताउनुभयो ।

उहांले अब स्थायी प्रदेश राजधानी नामको टुंगाै लगाउने काम प्रदेश संसदको भएको बताउनुभयो ।

रिपोर्टर्स क्लवका प्रदेश संयोजक रामकुमार क्षेत्रीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।