चिसोले कठ्याङ्ग्रिएर एकको मृत्यु


न्युज अफ नेपाल, इटहरी ।

इटहरीको हलगडा नजिकै एक जना नाम नखुलेको व्यक्तिको शव बुधबार फेला परेको छ।

सडकमा मागेर हिँड्ने ती व्यक्तिको अत्याधिक चिसोका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।

इटहरीमा बुधबार चिसो निकै बढेको छ।

चिसोले गर्दा जनजीवन प्रभावित बनेको छ।