महिलाद्वयमाथि बसमा दुव्र्यवहार

0
Shares

लन्डन, (एजेन्सी)।

बेलायतका तीनजना किशोरले सार्वजनिक बसमा सवार दुईजना महिलाले एकअर्कासँग चुम्बन गर्न अस्वीकार गरेका कारण आक्रमण गरेको अरोप स्वीकारेका छन्।

गत ३० मेमा २८ वर्षीया मेलानिया गेमोनाट र उनकी साथी क्रिस्टिन हान्नीगानमाथि क्यामेडन नाइट बसमा ती उपद्रोही किशोरहरुले सिक्का प्रहार गरेको प्रहरीले जनाएको छ।

नाम नखुलाइएका क्रमशः १५, १६ र १७ वर्षीय तिनीहरुले यसअघिसम्म आफूमाथि लगाइएको धम्की दिएको तथा दुव्र्यवहार गरेको अभियोग अस्वीकार गर्दै आएका थिए। तर अन्ततः तिनीहरुले बेलायत हास्वरी कर्नर युवा अदालतसमक्ष सार्वजनिक कानुन तोडेको तथ्य स्वीकारेका छन्।

ती १७ वर्षीय किशोरमाथि न्युटनको अदालतमा कतै बाहिरका मानिसलाई स्थानीय क्षेत्रमा घृणा गर्ने नीतिअनुसार व्यवहार गरेको त होइन भन्नेबारे थप सुनुवाइ हुने बताइएको छ। तिनीहरु सबैलाई आगामी २३ डिसेम्बरमा युवा अदालतमै सँजाय तोकिने भएको छ।

महिला न्यायाधीश साइरा खानले नौ मिनेट लामो उक्त बसभित्रको घटनामा तिनीहरु ती महिलामाथि अश्लिल हाउभावसमेत प्रदर्शन गरेको बताएकी छिन्।

चोरिएका बैंक कार्ड र मोबाइलसमेत बोकेका ती किशोरले तिनीहरुमाथि अनुहारमा मुक्का प्रहार गरेको सीसीटिभी फुटेज पनि सुरक्षित रहेको बताइएको छ।