![](https://newsofnepal.com/wp-content/uploads/2019/12/birgunj-rajesh-yadav-jya.-ma.u...-e1576643085831.jpg)
वीरगन्ज, (नेस)।
प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा चार वर्षदेखि फरार एक अभियुक्तलाई पक्राउ गरेको छ। बहुदरमाई नगरपालिका –४ बस्ने २२ वर्षीय राजेश यादव पक्राउ परेका हुन्।
उनले २०७२ असार २५ गते जिल्ला पर्सा १६ वर्षीय सुनिल यादवलाई लाठी र भाटाले कुटपिट गरी घाइते बनाएका थिए। उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो। घटनापछि फरार उनलाई मंसिर ३० गते सोमबार साँझ प्रहरीले गाउँबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।