अवैध काठसहित दुई ट्याक्टर नियन्त्रणमा

0
Shares

सर्लाही, (नेस)।

प्रहरीले सर्लाहीको बसबरियाबाट अवैधरूपमा कटन गरी रौटहट लैजान लागेको काठसहित एक जनालाई नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय सर्लाहीमा बुझाएको छ।

इलाका प्रहरी कार्यालय बरहथवाले सर्लाही बह्मपुरी–१ घर भएका २९ वर्षका इन्द्रजित सहनीलाई काठ तस्करीमा प्रयोग भएको दुई वटा ट्रयाक्टर र १ सय ७७ क्युफिट काठसहित नियन्त्रणमा लिएको हो। सिमल, सिसौं र पिठारी जातको काठ लोड गरेर लैजाँदै गरेको ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।