पूर्वसभासद् ढुंगेलको निधन

0
Shares

भक्तपुर, (नेस)।
नेपाली कांग्रेसका नेता एवं सविधानसभाका पूर्वसदस्य रामेश्वरप्रसाद ढुंगेलको मंगलबार दिउँसो निधन भएको छ। हृदयाघातका कारण ६१ वर्षको उमेरमा ढुंगेलको शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा निधन भएको हो। उहाँको मंगलबार साँझ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
ढुंगेलको निधनप्रति नेपाली कांग्रेस भक्तपुरले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। उहाँको निधनबाट नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको नेपाली कांग्रेस भक्तपुरका पार्टी सभापति दुर्लभ थापाले बताउनुभयो।

कांग्रेसले शोक सन्तप्त सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ। नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको सभापति थापाले बताउनुभयो। पूर्वसंविधानसभाका सदस्य ढुंगेलकी श्रीमतीको निधन भइसकेको छ भने उहाँका तीन छोरा छन्।