बढ्यो डिजेल र मट्टितेलको मूल्य


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल आयल निगमले मंगलबार मध्यरातबाट लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रूपैयाँले बढाएको छ ।

पछिल्लो पटक ईण्डियन आयल कर्पोरेशनबाट १६ डिसेम्बरमा मूल्य केही बढेर आएले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

अब काठमाडौंमा डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य रु ९८ प्रति लिटर कायम गरिएको जनाइएको छ । त्यस्तै सुर्खेत र दिपायलमा पनि रु ९८ प्रति लिटर कायम गरिएको छ । त्यसैगरी तराई क्षेत्रतराई क्षेत्र डिजेल र मट्टितेलको मूल्य रु ९६.५० प्रति लिटर कायम गरिएको नेपाल आयल निगमले जनाएको छ ।

पेट्रोल, हवाई ईन्धन र एलपी ग्यासको खुद्रा विक्री मूल्य यथावत छ ।