बेलायतसँग दोहोरो करमुक्ति सम्झौता अघि बढ्याे


न्युज अफ नेपाल, काठमाडौं ।

बेलायतसँग दोहोरो करमुक्ति सम्झौताको प्रक्रिया अगाडि बढेको छ । मंगलबार नेपालका लागि बेलायतका नवनियुक्त राजदूत निकोला पोलिटसँग अर्थ मन्त्रालयमा भेट गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले दोहोरो करमुक्ति सम्झौता अघि बढेको जानकारी दिएका हुन् ।

अर्थमन्त्रीले नेपालको विकास एजेण्डा, आर्थिक स्थिति, संघीयताको कार्यान्वयन, राजस्व क्षेत्रमा भएका सुधारलगायतको विषयमा जानकारी गराएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । नेपालको निर्यात वृद्धिका लागि सहजीकरण गर्न बेलायत सरकारलाई उनले अनुरोध समेत गरेका छन्

मन्त्री खतिवडाले बेलायती लगानीकर्तालाई पर्यटन, जलविद्युत, सडकलगायतमा लगानी गर्न आग्रह समेत गरे । उनले भूकम्पपछिको पुनर्निर्माणमा बेलायत सरकारले गरेको सहयोगका लागि धन्यवाद पनि दिए ।

मन्त्री खतिवडाले नेपाल भ्रमण वर्ष २०२० मा धेरै बेलायती पर्यटक भ्रमणको नेपाल भ्रमणको वतावरण बनाउनसमेत राजदूतसँग आग्रह गरे ।