नवनिर्वाचित सांसद विद्या भट्टराईले आज सपथ लिदैँ

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

मंसिर १४ गतेको उप-निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट विजयी प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछिन् ।

उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले दिउँसो १ बजे शपथ ग्रहण गराउन लागेकी संसद सचिवालयले जनाएको छ ।

निर्वाचनमा विजयी भट्टराईलाई नयाँ सभामुख आएपछि सपथ खुवाउने या उपसभामुखले खुवाउने भन्ने छलफलकै बीच आज सपथको कार्यक्रम तय भएको हो ।