रुट्सको थ्रीस्टारसँग सम्झौता

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नेपालमा एडिडासको आधिकारिक बिक्रेता रुट्स फेसन र रुस्लान थ्रि स्टार क्लब बीच प्रायोजन सम्बन्धी सम्झौता भएको छ।सोमबार ललितपुरस्थित अशोक पार्टी प्यालेसमा रुट्स फेसनका प्रवन्ध निर्देशक सन्जीव तुलाधर र क्लबका अध्यक्ष अरूणमान जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरे।

रुट्स फेसनले थ्रि स्टारलाई एक वर्षका लागि २५ लाख बराबरको जर्सी, मोजा, ट्रयाकसुट, बुट, फुटबल, ब्याग, गोलकिपर ग्लोभ्स, स्पोर्ट सुजलगायतका सामाग्री उपलब्ध गराउने सम्झौता भएको हो।