जगत् मन्दिरको दोहोरो जित

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

जगत् मन्दिरले तेस्रो माफ अन्तरविद्यालय भलिबल प्रतियोगिताको ब्वाइजमा सोमबार दोहोरो जित हात पारेको छ।जगत मन्दिरले पिस प्वाइन्टलाई २५–२२, १६–२५ र २५–५ तथा विज किड्सलाई २५–२१ र २५–१७ को सेटमा पराजित गर्यो।

ब्वाइजमै लाइसियमले पनि दोहोरो जित हासिल गर्यो। टोलीले नोबेललाई २५–६ र २५–५ तथा प्रस्फुटनलाई २५–१० र २५–५ को सोझो सेटमा हराएको थियो।

ब्वाइजकै अन्य प्रतिस्पर्धामा सम्भावीले एडभान्सलाई २५–२३ र २५–११, क्याम्ब्रिजले बेबिलनलाई २५–४ र २५–९, ग्लोबलले क्याम्ब्रिजलाई २५–१८ र २५–१७ तथा एडभान्सले रिभेरालाई २५–८ र २५–१७ को सेटमा पाखा लगाए।