सिक्किममाथि एपीएफको गोलवर्षा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

प्रधान सेनापती आमन्त्रण अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सोमबार एपीएफले सिक्किममाथि गोलको वर्षा गरेको छ।
लगनखेलस्थित नेपाली सेनाको मैदानमा भएको खेलमा एपीएफले सिक्किमलाई १८–० गोलको भारी अन्तरले हराएको हो।

टोलीको जितमा प्रमुख स्ट्राइकर सावित्रा भण्डारी एक्लैले ९ गोलको योगदान दिइन्। यस्तै अनु लामाले ४ गोल, अनिता बस्नेतले ३ गोल र रेणुका नगरकोटीले २ गोल गरेका थिए। पहिलो हाफमा १० र दोस्रो हाफमा ८ गोल भएका थिए।

यसैगरी अर्को विभागीय टोली नेपाल पुलिस क्लबले प्रदेश २ लाई ३–० ले हरायो। पुलिसका लागि निरु थापा, निशा विक र दीपा न्यौपानेले गोल गरे।