एक्सेल्सियर कप बुधबारदेखि

14
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

द एक्सेल्सियर स्कुलको आयोजनामा आठौं एक्सेल्सियर कप अन्तरविद्यालय बास्केटबल तथा फुटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ।बास्केटबलमा २६ र फुटबलमा ३६ गरी जम्मा ६२ टिमको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकले जानकारी गराए।

बास्केटबलको सिनियर ब्वाइजमा १२, जुनियर ब्वाइजमा ११ र गल्र्समा १३ टिमको सहभागिता रहने छ। फुटबलको यु–१२ ब्वाइजमा १६, यु–१६ ब्वाइजमा १२ र यु–१६ गल्र्समा ८ टिमले भाग लिने छन्। फुटबल फाइभ ए साइड स्वरूपमा हुने छ।

गल्र्स फुटबल पहिलो पटक समावेश गरिएको छ। खेलकुदमा महिलाको पनि समान सहभागितालाई ध्यानमा राखि महिला फुटबल थप गरिएको प्रिन्सिपल रजकले बताए।
पुस ११ गतेसम्म चल्ने प्रतियोगिताका सम्पूर्ण खेलहरू स्वयम्भूस्थित आयोजककै हातामा हुने छ। प्रतियोगिता सञ्चालन गर्न करिब ८ लाख रुपैयाँ खर्च हुने प्रतियोगिता संयोजक महेश मल्ल ठकुरीले जानकारी दिए।