वृज सिमेन्टको एक्सपर्ट मेसन क्लब

0
Shares

वृज सिमेन्ट प्रालिले निर्माणक्रर्मीलाई ‘एक्सपर्ट मेसन क्लब’ मा आबद्ध गरेको छ। कम्पनीले उनीहरूको निःशुल्क रुपमा पाँचलाख बराबरको दुर्घटना बीमा सुविधा पनि उपल्ब्ध गराएको छ।

उक्त कार्यक्रमलाई अझैं फलदायी बनाउनको लागि कम्पनीले ‘एक्सपर्ट मेसन क्लब’मा आबद्ध निर्माणकर्मीलाई उपहारसहित पासबुक वितरण गरेको छ। यस योजनाअन्तर्गत वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिका कुनै पनि उत्पादन खरिद गरी योजनामा सहभागी हुन सक्नेछन्।

कम्पनीले हालै ल्याएको एक्सपर्ट मेसन क्लब योजनाबारे जानकारी दिनका लागि काठमाडांै, भक्तपुर, ललितपुर, बनेपा, चरिकोट, धादिङ, त्रिशूली, आबुखैरेनी, लमजुङ, पोखरा, दमौली वालिङ, भैरहवा, अर्घाखाँची, गुल्मी, पाल्पा, कुश्मा, जीतपुर,शीतलनगर,बुटवल, स्याङ्जामा कार्यक्रम गरिएको जनाएको छ। अहिलेसम्म कम्पनीले २५ सय बढी निर्माणक्रर्मी साथीलाई एक्सपर्ट मेसन क्लबमा आबद्ध गरिसकेको छ।