डिशहोममा एसईई तयारी कक्षा

0
Shares

काठमाडौं, (नेस)।

डिशहोमले एसईई दिने तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरी यस वर्ष पनि एसईई तयारी कक्षा प्रसारण गर्ने भएको छ। यो तयारी कक्षाको प्रसारण डिशहोमको शोकेस २ च्यानलमार्फत् गरिने भएको छ।यो कक्षामा विद्यार्थीले अंग्रेजी, गणित र विज्ञान विषयको अध्ययन गर्न सक्नेछन्।

सरकारबाट मान्यता प्राप्त पाठ्यक्रममा आधारित रहेर दूर शिक्षा प्रविधिमार्फत् अध्यापन गराइने यी कक्षाले विद्यार्थीको पढाईमा थप सहयोग पुग्न जाने अपेक्षा गरिएको छ।

डिशहोमको शोकेस २ च्यानलमा मात्र प्रसारण गरिने यो तयारी कक्षा पुस १ गतेदेखि फागुन मसान्तसम्म सञ्चालन हुनेछ। जसअनुसार अंग्रेजी विषयको कक्षा विहान साढे ६ बजे, गणित विषयको कक्षा विहान साढे ७ बजे र विज्ञान विषयको कक्षा विहान साढे ८ बजे प्रसारण हुनेछ। ती कक्षा दिउँसो क्रमशः साढे १२, साढे १ र साढे २ बजे र र सँँझ साढे ६, साढे ७ र साढे ८ बजे क्रमशः पुनः प्रसारण हुनेछन्।