आफ्ना नागरिक फर्काउन बंगलादेश तयार

0
Shares

ढाका, (एजेन्सी)।

बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले भारतमा अवैधरूपमा रहेका बंगलादेशी नागरिकको सूची छ भने उपलब्ध गराउन भारतसँग अनुरोध गरेको बताएका छन्।

भारतले सूची उपलब्ध गराउँछ भने ती नागरिकलाई फर्कन अनुमति दिने उनले बताए। भारतको राष्ट्रिय नागरिक पञ्जीकरण (एनआरसी)लाई लिएर सोधिएको एक प्रश्नको जवाफमा मोमेनले बंगलादेश र भारतको सम्बन्ध सामान्य र अत्यन्त राम्रो रहेको र त्यसमा कुनै असर नपर्ने बताए।

गत हप्ता बंगलादेशका विदेशमन्त्रीले व्यस्त कार्यक्रमको कारण देखाई भारत यात्रा रद्द गरेका थिए। उनले भारतको एनआरसी प्रक्रियालाई आफ्नो आन्तरिक मामिला भएको गराउँदै त्यसले ढाकालाई असर नपर्ने बताए।

केही भारतीय नागरिक आर्थिक कारण विचौलियाका माध्मबाट अवैध रूपमा बंगलादेशमा घुसपैठ गररहेको पनि उनले बताए। मोमेनले सञ्चार माध्यमलाई भने– ‘यदि हाम्रा नागरिकबाहेक कोही बंगलादेश प्रवेश गर्छ भने हामी उनीहरुलाई फिर्ता गर्नेछौं।’

मोमेनले भारत रहेका बंगलादेश नागरिकलाई देश फर्कने अधिकार रहको बताए। यसअघि मोमेनले भारतका गृहमन्त्री अमित शाहले बंगलादेशमा धार्मिक उत्पिडन भएको बताएकोमा बंगलादेशले आपत्ति जनाएको थियो।