वार्ताका लागि अमेरिकी विशेष दूतको उत्तरकोरियालाई आह्वान

0
Shares

सोल, (एजेन्सी)।

अमेरिकी विशेष दूत स्टफन बियगुनले सोमबार उत्तर कोरियालाई वार्तामा आउन आह्वान गरेका छन्। उत्तर कोरियाले एउटा भू–उपग्रह प्रक्षेपण स्थलबाट क्षेप्यास्त्र प्रक्षेपण गर्न थालेको केही दिनपछि दक्षिण कोरियाको राजधानी सोलमा आइपुगेका बियगुनले वार्ताका लागि यसरी आह्वान गरेका हुन्।

उत्तर कोरियाले पनि केही समयअघि मात्र अमेरिकासँगको नयाँनिशस्त्रीकारण वार्ताका लागि तय गरिएको एक वर्षको समयसीमा समाप्त भएको जनाएको थियो। यदि उत्तर कोरियाले निशस्त्रीकरणलाई पालना गरेको खण्डमा त्यसमाथि लगाइँदै आएको संयुक्त राष्ट्रसंघको आर्थिक नाकाबन्दी खुकुलो पार्दै लाने कार्यक्रम रहेको थियो।

उत्तर कोरियाले भने यदि आफूले निशस्त्रीकरण नीति पालना नगरेको खण्डमा अमेरिकाले क्रिसमस उपहार पाउन सक्ने प्रतिक्रिया दिएको छ। तर उत्तर कोरियाका लागि अमेरिकाको विदेश दूत बयिगुनले प्योङयाङको यस प्रकारको भनाइ शत्रुतापूर्ण नकारात्मक र अनावश्यक भएको प्रतिक्रिया दिएका छन्।

साथै उनले अमेरिकाले वार्ताको समयभन्दा लक्ष्यलाई बढी प्राथमिकता दिने पनि बताएका छन्। यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम पूर्णरूपमा नत्यागेसम्म प्योङयाङमाथि लगाइएको नाकाबन्दी नहटाइने अडान लिएका छन्।

ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किमबीचको भियतनामको राजधानी हनोइमा भएको पछिल्लो वार्ता असफल भएको थियो। उत्तर कोरियाले पनि यदि अमेरिकाले आफूलाई स्वीकार्य प्रस्ताव अघि सार्न नसकेको खण्डमा आफूले नयाँबाटो अपनाउने जनाएको छ। धमाधम क्षेप्यास्त्र परीक्षण गर्न थालेकाले पनि प्योङयाङले अमेरिकसँगको वार्ताको ढोका बन्द गरिसकेको देखिन्छ।