योङ डेमोक्र्याट युनियनको उपाध्यक्षमा कार्की

0
Shares

काठमाडांै, (नेस)।

बेल्जियममा जारी इन्टरनेसनल योङ डेमोक्र्याट युनियनको अन्तर्राष्ट्रिय सम्मेलनबाट राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सचिव हिकमतजंग कार्की उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ।

विश्वका डेमोक््याट पार्टीका युवा संगठनको अन्तर्राष्ट्रिय संस्थाको रूपमा रहेको आईवाईडीयूमा राप्रयुसंको संलग्नता रहेता पनि नेतृत्व तहमा पहिलोपटक पुगेको हो। आईवाईडीयू विश्वको युवाको सबैभन्दा ठूलो संगठन हो।

सम्मेलनमा ब्राजिलका बु्रनो काजारियो अध्यक्षमा निर्वाचित हुनुभएको छ। सहअध्यक्ष फिनल्यान्ड, महासचिव जर्मनी, कोषाध्यक्षमा ग्रिसका युवा विजयी भएका छन्।

४३ देशका ५२ युवा संगठनको सहभागिता रहेको सम्मेलनमा उपाध्यक्ष पदमा निर्वाचित हुनुभएका कार्कीले राप्रपा र राप्रपाको युवा संगठन मात्रै नभई नेपालकै लागि गौरवको कुरा भएको बताउनुभयो।