प्रेस संगठन ललितपुरले पूर्णता पायो

0
Shares

ललितपुर, (नेस)।

प्रेस संगठन नेपाल ललितपुर जिल्ला कार्य समितिले पूर्णता पाएको छ। समितिको सोमबार बसेको बैठकले ३७ सदस्यीय कार्यसमिति चयन गरेको छ। संगठनका केन्द्रीय सदस्य अमृतनाथ तिमल्सिना, डिल्ली आचार्य, ज्ञानप्रसाद पौडेल र सागर न्यौपानेसहितको बैठकले कार्यसमिति गठन गरेको हो।

आवश्यकताअनुसार बाँकी ४ जना पछि मनोनयन गर्ने गरी हाललाई ३७ सदस्यीय कार्यसमिति गठन गरिएको छ। प्रेस संगठनको केन्द्रीय कार्यालयको निर्देशनबमोजिम एकता भई गठित जिल्ला कार्य समिति गठन गरेको हो। कार्यसमितिको संयोजकमा ईश्वराज ढकाल र सहसंयोजकमा रामहरि कार्की रहनुभएको छ।

सदस्यहरूमा अजय देसार, अञ्जली शाक्य, अनिल पन्त, अशोककुमार दुलाल, ईश्वर महर्जन, कल्याण पौडेल, कृष्ण पौडेल, केशव घिमिरे, केशरी पुन, गोपाल आलेमगर, घनश्याम धमला, टुना भट्ट रहेका छन्।

त्यस्तै नवीन लुइँटेल, निर्जना भट्ट, पवन पन्त, पवनसिंह बराइली, पुरुषोत्तम बस्नेत, बालमुकुन्द आचार्य, मदन पौडेल, मधुसूदन रायमाझी ,महेन्द्र घतानी, रचना तिमल्सिना, राजु श्रेष्ठ, रामशरण काफ्ले, वाईपी घिमिरे, विकास भट्टराई, सरीता कार्की, सविन शर्मा, सागर देवकोटा ‘सुशान्त’, सुजन पन्त, सुभानु आचार्य, शान्ति घिमिरे, शिवप्रसाद बञ्जरा, शिवराज ढकाल र स्रेया गिरी सदस्य रहेका छन्।