शान्ति समाजको २२औं राष्ट्रिय परिषद् सम्पन्न

राष्ट्रिय परिषद्मा सीमा अतिक्रमणको विरोध

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

वैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ्यका लागि देशव्यापी अभियान थाल्नेसहित ११ वटा प्रस्ताव पारित गर्दै मानव अधिकार तथा शान्ति समाजको २२औं राष्ट्रिय परिषद् बैठक (वार्षिक साधारणसभा) दाङको तुल्सीपुरमा सम्पन्न भएको छ। मानव अधिकार आन्दोलनको गन्तव्य ः लागूऔषध दुव्र्यसनको अन्त्य भन्ने मूल नारासहित सम्पन्न परिषद्मा देशभरबाट २ सय ७० भन्दा बढी शान्तिवादीहरूको सहभागिता रहेको थियो।

राष्ट्रिय परिषद्मा सीमा अतिक्रमणको विरोध, जलवायु परिवर्तन, विश्वव्यापी उष्णता र हिमालय बचाउ आन्दोलनलगायतका प्रस्ताव पारित भएका थिए भने परिषद् बैठकको सेरोफेरोमा २० वटा कार्यक्रम सम्पन्न भएको थियो।

यस क्रममा दाङका शैक्षिक प्रतिष्ठानमा दुव्र्यसनविरुद्ध १० वटा अन्तरक्रिया, वृक्षारोपण (कपुर, रुद्राक्ष, श्रीखण्डलगायत बिरुवा रोपिएको), बबई नदी सफाइ, शान्ति काव्य प्रवाह, तुल्सीपुर नगर सफाइ, शान्ति र्याली, रक्तदान कार्यक्रम सम्पन्न भएको थियो भने सहभागिहरूले तुल्सीपुरस्थित शान्ति राप्ती उद्यानको अवलोकन गरेका थिए ।

त्यस अवसरमा तुलसीपुरका मेयर घनश्याम पाण्डेले सन् २०२० को नेपाल भ्रमण वर्षका सन्दर्भमा घुम्न जाऔं तुल्सीपुर अभियानबारे प्रकाश पार्नुभएको थियो।मंसिर २७ गते पञ्चकन्याहरूले ४ वटा मैनवत्ती प्रज्वलीत गरी प्रारम्भ भएको परिषद् बैठकको सभापतित्व समाजका सभापति उत्तम पुडासैनीले गर्नुभएको थियो।

उद्घाटन शत्रमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, राष्ट्रिय सभा सदस्य अनिता देवकोटा, नेपाली कांग्रेस दाङका सभापति कृतिबहादुर खड्का, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता देवराज विश्वकर्मा, दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, समाजका सल्लाहकार डा. गंगाधर अधिकारी, सामाजिक अभियन्ता लोकेश ढकाल, शान्ति समाजका वरिष्ठ उपसभापति गोविन्द खनाल, अधिकारकर्मी प्रताप पौडेल, पत्रकार महांसघ दाङका अध्यक्ष सविन प्रियासन, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, महिला अधिकारकर्मी पदमा चौधरी, ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालयका प्रमुख गीता दिदीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। साथै कवि अर्जुन पराजुलीले कविता प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा शान्ति समाज रुपन्देही शाखालाई गत वर्षको उत्कृष्ट शाखाका रूपमा सम्मान गरिएको थियो भने २०७५ मा भव्यताका साथ राष्ट्रिय परिषद् सम्पन्न गर्ने मोरङ शाखालाई प्रशंसापत्रले सम्मान गरिएको थियो।

मूल तयारी समितिका संयोजक तथा समाजका दाङ शाखा सभापति शरद रेग्मीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण समाजका केन्द्रीय महासचिव सुशील बस्नेतले गर्नुभएको थियो।