सिन्धुपाल्चोक दुर्घटना अपडेट : ब्रेक फेल हुँदा मोडबाट खस्यो बस

0
Shares

नानीराम नेपाल,सिन्धुपाल्चोक ।

ब्रेक फेल भएको बस जबर्जस्ती गुडाउँदा दुर्घटनामा परेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । दुर्घटनास्थल भन्दा करिब १ किलोमीटर माथि उक्त बस यात्रुहरुलाई पिसाब फेर्नका लागि रोकिएको थियो ।

चालकले बसको ब्रेक फेल भएको बताएका थिए । यात्रुसँग चालकले केहि नभनेपनि सँगै आएको अर्काे बसका चालकसँग उनले ब्रेकमा समस्या देखिएको बताएका थिए । खाडीचौर झरेर ब्रेक मर्मत गर्ने मनसायले चालकले ब्रेक फेल भएको बस गुडाए ।

‘हामी सँगै आएका थियौं, अलिमाथि पिसाब फेनृका लागि रोकियौं’, उनीसँगै आएका अर्का बस चालकले भने, ‘ब्रेक लागेन भन्दै थियो ।’तीर्थयात्राबाट फर्कीएको यात्रुबस खाडीचौर–चरिकोट सडकखण्डको ५ किलोमा दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भयो ।

भक्तपुरबाट तीर्थयात्राका लागि दोलखाको कालिन्चोक पुगेर फर्कने क्रममा बा २ ख ४४६८ नम्बरको बस दुर्घटना हुँदा १३ ले घटनास्थलमै ज्यान गुमाए, घाईते १६ जनाको उद्धार गरि उपचारका लागि खाडीचौरस्थित सदावहार अस्पतालमा ल्याइएको छ ।

सडक मोडबाट २ सय मीटर तल खसेको बसका पाटपुर्जा चकनाचुर छन् । शवहरु क्षतबिक्षत छन् ।

यस्तै बस दुर्घटना परि घाइते मध्ये चार जनाकोे धुलिखेल अस्पतालमा
उपचार भइरहेको छ । घाइते सबैको अवस्था गम्भीर छ ।घाइतेहरुमा अन्दाजी ६० बर्षीय मिठु ढकाल, ३२ बर्षीय राम सिंह तामाङ , एक बालक र एक जना महिला रहेका छन् ।