नूर–गंगा प्रतिभा पुरस्कार चयन

0
Shares

काठमाडौं, (नेस)।

नूर–गंगा प्रतिभा पुरस्कार गुठीले यसवर्षको राष्ट्रिय र क्षेत्रीय प्रतिभा सम्मानका लागि प्रतिभाहरूको चयन गरेको छ। गुठीले प्रतिभा सम्मान वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गर्ने भएको छ।

त्यस्तै १ लाख रुपियाँ राशीको स्थापित राष्ट्रिय लोकगायन पुरस्कार लमजुङकी बिमाकुमारी दुरा, ३० हजार रुपियाँ राशीको क्षेत्रीय साहित्य पुरस्कार नवलपरासीका प्राडा. मुरारीप्रसाद रेग्मीलाई प्रदान गर्ने भएको छ।

यसैगरी २५ हजार रुपियाँ राशीको राष्ट्रिय नवप्रतिभा साहित्य पुरस्कार भक्तपुरका अनुज्ञा नेपाल र २० हजार रुपियाँ राशीको क्षेत्रीय नवप्रतिभा लोकगायन पुरस्कार पाल्पाका कमला पोखरेललाई प्रदान गर्ने निर्णय भएको गुठीका सदस्य सचिव यज्ञप्रसाद शर्माले जानकारी दिनुभयो।