बालबालिकासम्बन्धी सीपीआरआर तालिम सम्पन्न

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल पेडियाट्रि«क सोसाइटी (नेपास) र पेडियाट्रि«क नर्सिङ एसोसियसन (पिनान)को आयोजनामा एकदिने चाइल्ड प्रोटेक्सन, रिकगनिसन एन्ड रेसपोन्स (सीपीआरआर) तालिम सम्पन्न भएको छ। भक्तपुर र धुलिखेल अस्पतालका बाल विभागमा कार्यरत बालरोगसम्बन्धी चिकित्सक र नर्सहरूका लागि सो तालिम दिइएको थियो।

सो द चाइल्ड मे लिभ यूके र हेल्थ एक्सचेन्ज नेपाल यूकेको सहयोगमा भक्तपुरस्थित सिद्धि स्मृति बाल तथा महिला अस्पताल र काठमाडौं विश्वविद्यालयको शिक्षण अस्पताल धुलिखेलमा उक्त तालिम दिइएको हो।भक्तपुरमा दिइएको तालिममा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न अस्पतालमा कार्यरत २४ जना चिकित्सक तथा नर्स सहभागी थिए।

सो तालिममा नेपाल तथा संयुक्त अधिराज्यमा कार्यरत चिकित्सक तथा नर्सद्वारा सहजीकरण गरिएको थियो। काठमाडौं विश्वविद्यालय धुलिखेल अस्पतालमा दिइएको तालिममा सो अस्पतालको बाल विभागमा कार्यरत चिकित्सक, नर्स तथा बाल स्वास्थ्यसम्बन्धी पोस्ट ग्राजुएट तहमा अध्ययनरत चिकित्सक तथा नर्स गरी ३१ जनाको सहभागिता रहेको थियो।

तालिममा सम्बन्धित डाक्टर तथा नर्सलाई बालअधिकार तथा बाल सरोकारका विभिन्न पक्ष, नेपालमा भएका विद्यमान कानुन, बालबालिकामा हुने विभिन्न हिंसा, दुव्र्यवहार तथा विभिन्न मानसिक तथा शारीरिक चोटपटक पत्ता लगाउने तरिका तथा सोको रोकथामका लागि नेपालको विद्यमान व्यवस्थाका बारेमा जानकारी गराइएको नेपाल पेडियाट्रि«क सोसाइटीका चिकित्सक डा. रामहरि चापागार्इंले जानकारी दिनुभयो।

यो तालिममा संयुक्त अधिराज्यको अनुभवसमेत आदानप्रदान भएको यूकेमा कार्यरत बालरोग विशेषज्ञ डा. जमुना आचार्यले बताउनुभयो।बालअधिकारको विश्वव्यापी अवधारणा र विभिन्न अभिसन्धिमा नेपाल पक्ष रहेको तथा नेपालमा समेत विभिन्न संवैधानिक एवं कानुनी बन्दोबस्त भइसकेको परिप्रेक्ष्यमा बालबालिकाको बृहत्तर संरक्षणका लागि बालबालिकामा समर्पित चिकित्सक तथा नर्सहरूको क्षमता अभिवृद्वि कार्यक्रमलाई सबै प्रदेशमा सञ्चालन गर्न प्रयासरत रहेको नेपाल पेडियाट्रि«क सोसाइटीले जनाएको छ।