कुलो निर्माण गर्न महिला पहरा फोर्न जुटे

0
Shares

नेपाल समाचारपत्र, मुगु।

खत्याड गाउँपालिका–२ साविकको सेरी गाविसमा सिँचाइका लागि कुलो निमार्ण भएको छ। विगतमा कुलो निमार्ण गर्दा र अहिले कुलो निर्माण गर्दा कामदारले फरक अनुभूति भएको बताएका छन्।

कामदार महिलालले यसपालि सुरक्षा सामग्री प्रयोग गरेका कारण फरक अनुभूति गरेका हुन्।सुरक्षा सामग्रीका साथ काम गर्न पाएका छौँ। पैसा पनि कमाउनेछौँ र ज्यानको पनि सुरक्षा र प्राथमिक उपचारका लागि औषधि पनि साइटमा राखेर काम गरेका छौँ।

केही समस्या भए औषधिको पनि प्रयोग भएको कामदारहरू बताउँछन्। सेरी–२ भुवनेखोलादेखि नाइढुंगासम्मको २४ सय ४० मिटर लामो कुलो निर्माणको काम धमाधम भइरहेको छ। कुलो निर्माणमा १८ वर्षभन्दा माथिका र ६० वर्षसम्मका ३ सय ४५ जना कामदार कुलो निर्माणमा जुटेका छन्।

कुलो निर्माणमा जुटेका महिला पुरुष सबै कामदारले नीलो हेल्मेट, हातमा पञ्जा, गमबुट लगाएर सबै जना बिहानै काममा जाने र दिनभरी कुलो निमार्णको काममा व्यस्त हुने गर्दछन्। तीमध्ये केहीले साबेल केहीले घनले हानेर पहरा फोडी कुलो निर्माण गर्दछन् त कोही कुलो निर्माणका लागि झाल बुन्दै छन् भने कोही सिमेन्ट बालुवानजिक पुर्याई काम गरिरहेका छन्।

उनीहरूमध्ये खत्याड गाउँपालिका–२ का ३५ वर्षका राजेन्द्र टमटाले कुलो निर्माण समितिका अध्यक्ष कार्य भार सम्हाल्नुभएको छ। टमटाका अनुसार सिँचाइ कुलो निर्माणमा १० वटा समूहले काम गरिरहेको छ।पहिलेपहिले जुनुसुकै विकासे काम गर्दा पुरुषले मात्र गर्न सक्छन्, महिलाले सक्दैनन् भन्ने सोचाइ यस क्षेत्रमा थियो।

तर, अहिले यहाँका महिलाहरू दैनिक आठ घण्टा पुरुषसरह विकासे काममा पुरुषसँगै खटिरहेका हुन्छन्। पुरुषसरह ढुंगा फोड्ने, वाल लगाउने काममा महिलाहरू खटिरहेको खत्याड गाउँपालिका–२ की हीरा कामीले बताउनुभयो। काममा खटिएका महिलाले पुरुषसरह नै ज्याला पाउँदै आएको जौमतीले बताउनुभयो।

परिवार पाल्नकै लागि भारत मजदुरी गर्न जाने युवा कुलो  निर्माणको काम सुरु भएपछि गाउँमै अडिएका छन्। महिलाले पनि रोजगारी पाएका छन्। यसले गाउँको बेरोजगार समस्या समाधान मात्र होइन, खाद्य सुरक्षामा सहजता, परिवारसँगै रहने वातावरण पनि सिर्जना गरेको छ। बढ्दो जलवायु परिवर्तनलाई अनुकूलनमा ल्याउन र खाद्य सुरक्षाको प्रत्याभूति गराउन खत्याड गाउँपालिका सेरीमा कुलो निर्माण गरिएको हो।

नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय र एडप्सन फन्डको आर्थिक सहयोग, रहेको प्राविधिक सहयोग र ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसी मुगुद्वारा सञ्चालित सीएएफएस कर्णाली परियोजनाअन्तर्गत बढ्दो जलवायु परिवर्तनलाई अनुकूलनमा ल्याउन र खाद्य सुरक्षाको प्रत्याभूति गराउन खत्याड गाउँपालिकाको साविकको सेरी गाविसमा कुलो निमार्ण कार्य सञ्चालन गरिएको सी ए एफ एस कर्णाली परियोजनाका सब इन्जिनियर ककेश शाहीले बताउनुभयो।

उहाँका अनुसार कुलो नुहुँदा किसानहरूको उत्पादन कम हुने र खाद्यान्नको समस्या हुने भएकाले सिँचाइका लागि कुलो निर्माण थालनी गरिएको बताउनुभयो। कुलो निर्माण हुँदै गर्दा स्थानीयले पैसा पनि कमाउने र खेतमा सिँचाइ गरी उत्पादनमा सहज हुने र खाद्य सुरक्षाको सहज हुने भएकाले परियोजनाले कुलो निर्माणमा जोड दिएको सब इन्जिनियर शाहीको भनाइ छ।

जलवायु परिवर्तनलाई अनुकूलनमा ल्याउन र खाद्य सुरक्षाको प्रत्याभूति गराउन मुगु जिल्लामा विभिन्न कार्यक्रम गर्दै आएको आरसिडी मुगुले खत्याड गाउँपालिकामा सामूहिक तरकारी खेती आर्यआजनसम्बन्धी सीपमूलक तालिमलगायतका कार्यक्रम गर्दै आएको आरसीडी मुगका उद्यम विकास अधिकृत जगतबहादुर भामले बताउनुभयो।