भ्रमण बर्ष सफल पार्न कुवेत दूतावासको छलफल


भूपराज बस्याल, काठमान्डौं ।

नेपाल भ्रमण बर्ष २०२० सफल पार्न नेपाली राजदुतावास कुवेतले शुक्रबार त्यहाँ स्थित विभिन्न संघसस्थाको बिचमा छलफल कार्यक्रम गरेको छ ।

आगामी दिनहरूमा कस्ता कार्यक्रम गर्ने कुवेतमा रहेका नेपालीहरु मिलेर भ्रमण बर्षमा कुवेती नागरिकहरु पठाउन के कस्ता अभियान चलाउन सकिन्छ भन्ने बिषयमा छलफलको लागि कार्यक्रमको आयोजना गरिएको थियो ।

गैरआवासीय नेपाली संघ लगायत विभिन्न नेपाली संघसस्थाहरुको उपस्थितिमा भएको कार्यक्रममा प्रचारप्रसारको माध्यमलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिइएको थियो ।

स्थानीय रेडियो पत्रपत्रिका मार्फत नेपाल भ्रमण बर्षको बारेमा सन्देश दिनुपर्ने भन्दै यहाँ स्थित सपिङ्ग महलहरुमा नेपाल भ्रमण बर्षको सूचनापाटी, भिडियो लगायतका सामाग्री राख्न पनि उपस्थित वक्ताहरुको जोड थियो ।

खाडीबाट जाने आधिकांस पर्यटक मुस्लिम हुने हुँदा उनीहरु नेपाल जाँदा हलाल खानाको राम्रो ब्यबस्था हुन नसक्ने भन्ने बेलाबेलामा गुनासो आउने हुँदा यस बिषयमा पनि उपस्थितहरुले ध्यानाकर्षण गराएको नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपानेले जानकारी दिनुभयो ।

कार्यक्रमा बोल्दै नेपाली राजदुतावास कुबेतका राजदुत दुर्गाप्रसाद भण्डारीले तपाईहरु मध्येमा कुनै कम्पनी मालीकले नेपाल भ्रमण बर्षको बारेमा जान्न इच्छुक हुन्छ भने त्यसको लागी दुतावासले टोली खटाएर पठाउने भन्दै भ्रमण बर्ष सफल पार्न सबै आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्दै सबै नेपालीहरुलाई दुत भएर काम गर्न आग्रह गर्नुभयो ।

भिजिट बर्ष सफल पार्न के कसरी अगाडि बढ्ने भन्ने बिषयमा छिट्टै नै खाडीका नियोगहरुको भेला ओमनमा हुन लागेको पनि राजदुत भण्डारीले जानकारी गराउनु भयो ।