लागूपदार्थ बनाउने ४ किलो रसायनसहित चिनियाँ नागरिक पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

लागू पदार्थ बनाउने रसायनसहित प्रहरीले चिनियाँ नागरिकलाई पक्राउ गरको छ । नेपालबाट न्युजील्याण्डतर्फ लैजान लागेको ४ किलो २ सय ग्राम इफेड्रिनसहित चिनियाँ नागरिक झाङ चाओलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले चाओलाई निलो रङको कागजको डिब्बामा भित्र रंगीन चित्र रहेको १० वटा शंकास्पद काठको फ्रेममा फल्स बटम बनाई लुकाई राखेको इफेड्रिनसहित काठमाडौँबाट पक्राउ गरेको हो ।

फेला परेको उक्त रसायन चीनमा नेपाली मूल्य २ लाख २५ हजार रुपैयाँ र न्युजील्याण्ड पठाउँदा ५० लाख रुपैयाँ बराबरको हुने प्रहरीले जनाएको छ । पक्राउ परेका चाओमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले बताएको छ