वरिष्ठ पत्रकार दानदासलाई थेम्मृङ पत्रकारिता पुरस्कार

0
Shares

न्युज अफ नेपाल, भक्तपुर ।

यस वर्षको थेम्मृङ पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार दानदास श्रेष्ठलाई प्रदान गरिएको छ ।

तीन दशकदेखि सक्रिय रहनुभएका श्रेष्ठले पत्रकारिता मार्फत समाज र राष्ट्रको विकासमा पुर्‍याउनुभएको योगदानलाई कदर गर्दै सो सम्मान दिइएको हो । पत्रकारिता जीवनको करिब १८ वर्ष नेपाल समाचारपत्र बिताउनुभएका श्रेष्ठ हाल हाल स्वतन्त्र सञ्चारग्राम साप्ताहिकका सम्पादक समेत हुनुहुन्छ ।

ठिमीको लिच्छविकालीन नाउँबाट सञ्चालित थेम्मृङ मासिक पत्रिकाले समाजको हरेक अधिवेशनमा सञ्चार संस्था वा सञ्चारकर्मीलाई प्रोत्साहन स्वरूप पुरस्कार दिँदै आएको छ ।

सो अवसरमा ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले तथ्यगत रिपोर्टिङ गर्नुपर्नेमा जोड दिनुभयो । कुनै अमुक व्यक्तिले स्रोतविहीन समाचार लेखेकै भरमा त्यसलाई हुबहु सारेर प्रचार गर्ने भन्दा पनि तथ्यगत समाचार सम्प्रेषण गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

सो अवसरमा भक्तपुरमा दैनिक पत्रिकाको आवश्यकता, भक्तपुरमा पत्रकारिता अध्यापन गराउने कलेजको संख्यामा बृद्धि भएकोदेखि व्यावसायिक तथा पूर्णकालीन पत्रकारिता गर्नेलाई प्राथमिकता दिनुपर्ने लगायतको विषयमा चर्चा गरिएको थियो ।

समारोहमा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष सुन्दर शिल्पकार, नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुरका अध्यक्ष रामगोपाल तमखु लगायत बोल्नुभएको थियो ।

सञ्चारको अध्यक्षमा बाबुकृष्ण

मध्यपुर सञ्चार समाजको तेस्रो अधिवेशनले बाबुकाजी साःछेँ श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा सागर गुरागाइँ, सचिव सुमन श्रेष्ठ, कोषाध्यक्ष चन्द्रकृष्ण श्रेष्ठ, सहसचिव पृथ्वीराम श्रेष्ठ रहनुभएको छ । त्यसैगरी सदस्यहरु कृष्णकाजी मानन्धर (के.के) , विश्वेश्वर श्रेष्ठ, ज्ञानदेव श्रेष्ठ, ईश्वरलाल श्रेष्ठ, जगत प्रजापति हुुनुहुन्छ । निवर्तमान अध्यक्ष हरिवहादुर श्रेष्ठलाई सल्लाहकार तथा पदेन सदस्यमा मनोनित गरेको छ ।