विप्लवका मेचिनगर ईन्चार्ज पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

विप्लव समुहका झापा जिल्लाका सदस्य एवं मेचिनगर ईन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा याम कुमार गिरी रहेको प्रहरीले जनाएको छ ।

गिरीलाई महानगरीय प्रहरी अपराध महाशाखा टेकुबाट खटेको टोलीले तिनकुनेबाट पक्राउ गरेको हो । बिर्तामोडको एक सहकारी भवनमा बम बिष्फोट गराएको आरोपमा गिरीलाई प्रहरीले पक्राउ गरेको हो ।

गत भदौ २३ गते झापामा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रिय कार्यालयको निर्माणाधिन भवनमा बम बिष्फोटन भएको थियो ।