टाटा मोटर्सको चौथो ग्लोबल सर्भिस क्याम्प सम्पन्न

0
Shares

काठमाडौं, (नेस)।

नेपालका लागि टाटा मोटर्स्को अधिकृत बिक्रेता सिप्रदी टे«डिङ प्रालिले ग्लोबल सर्भिस क्याम्प मंसिर १९ गतेदेखि २१ गतेसम्म सञ्चालनमा ल्याएको छ। टाटा मोटर्स कमर्सियल गाडीका प्रेसिडेन्ट गिरिश बाग तथा सिप्रदी टे«डिङ प्रालिका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले संयुक्तरुपमा उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।

उक्त उद्घाटन समारोहमा टाटा मोटर्स् कमर्सियल गाडीका प्रेसिडेन्ट बागले सम्पूर्ण सिप्रदी तथा टाटा मोटर्स्का कर्मचारी, ग्राहक तथा सहभागीलाई सम्बोधन बधाई तथा शुभकामना दिनुभएको छ।

कार्यक्रममा सिप्रदी टे«डिङ प्रालिका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले टाटा मोटर्स र सिप्रदीको सम्बन्ध प्रगाढ भएकोमा शुभकामना व्यक्त गर्नुभएको छ।
सिप्रदी टे«डिङ प्रालिले यसै अवसर पारेर टाटा मोटर्स्को टाटा विंगर गाडीको औपचारिक रुपमा उद्घाटन गरिएको छ।

त्यस क्याम्पमा एक्साईड ब्याट्री, मिसेलिन, सिप्रदी अटोपार्टस्, म्याक ल्यूव्रिकेन्टस्, इन्स्योरेन्स, बैंक र अन्य अटोमोटिभ व्राण्डहरूले सहभागिता जनाएका छन्।