आज फर्कदै पूर्वराजा

0
Shares

काठमाडौं, (नेस)।
एक साताअघि पश्चिमाञ्चल भ्रमणमा निस्कनुभएका पूर्वराजा ज्ञानेन्द्र शाह आज आइतबार काठमाडौं फर्किने हुनुभएको छ। भैरहवाको टाइगर होटलमा बस्दै आउनुभएका उहाँले पश्चिमका सैनामैनास्थित बोलबम महादेव, मर्चभार, परासीस्थित पालीमाई, जलेश्वर महादेवलगायत विभिन्न मठमन्दिर, शिवालयमा पूजाअर्चना गर्नुभएको थियो।
उहाँले शुक्रबार पश्चिमाञ्चल औद्योगिक मेलाको समेत अवलोकन गर्नुभएको थियो। काठमाडौ फर्केलगत्तै उहाँ पुनः पूर्वाञ्चल भ्रमणमा निस्कने कार्यक्रम रहेको स्रोतले जनाएको छ। उहाँ साँझ ५ बजेको बुद्ध एयरबाट काठमाडौ आउने कार्यक्रम छ।