जोरपाटी–सुन्दरीजल सडक विस्तारमा मन्त्रीको सक्रियता

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जोरपाटी–सून्दरीजल सडकखण्ड विस्तारको काम तत्काल अगाडि बढाउने निर्णय गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले सरोकारवाला निकायहरुसँगको छलफलपछि सडक विस्तारको काम तीब्र गतिमा अगाडि बढाउने निर्णय गर्नुभएको हो।
मन्त्री नेम्बाङको उपस्थितिमा मन्त्रालयमा भएको बैठकले उक्त सडकखण्डका लागि पाँचवटा कार्य तत्काल सुरु गर्ने गरी निर्णय गरिएको हो। जोरपाटी सुन्दरीजल सडकक्षेत्रमा पर्ने घरटहरा र रुखहरु हटाउन सुरु गरीएको छ। मन्त्रालयले गोकर्णेश्वर नगरपालिकालाई सडक विस्तारको जिम्मा दिएपछि काम सुरु गरीएको हो।
सात किलोमिटर रेहेको उक्त सडकखण्डको नगरपालिकाका प्राविधिकहरुको टोलिले २२ मिटर चौडा हुनेगरी नापजाँच गरी कामको थालनी गरेको थियो।  अहिले सडक छेउछाउका घर, टहरा भत्काउने र रुख कटान कार्य भइरहेको  छ।
लामो समयदेखि उक्त सडकखण्ड अस्तव्यस्त छ। ठाँउ–ठाँउमा खाल्डा खुल्डि परेका छन्। पर्यटकीय क्षेत्र यो सुन्दरीजल घुम्न जाने मुख्य सडक यो क्षेत्रमा पर्यटकलाई समेत सास्ती हुने गरेको थियो। सडक विस्तारको काम सुरु भएपछि स्थानीयहरु उत्साहित बनेका छन्
केन्द्रीय योजनामा परेको उक्त सडक ०७३ असारमा ठेक्का सम्झैता भएको थियो। सम्झौता अनुसार ०७५ असारमा सक्नुपर्ने थियो। तर, ठेकेदार कम्पनीको लापरबाहीले सम्झौताअनुसार काम पूरा भएको थिएन। काम नभएपछि स्थानीयबासीले सडक विस्तार तत्काल गर्नुपर्ने माग राख्दै पटक–पटक सडक अवरुद्धसमेत गर्दै आएका थिए।
बिहीबार मन्त्रालमा प्रतिनिधिसभाका सांसद कृष्ण राई, प्रदेशसभा सदस्य रामेश्वर फुयाल, नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ, गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, काठमाडौं उपत्यका सडक विस्तार आयोजना, नेपाल टेलिकमका प्रतिनिधि लगायतको उपस्थितिमा उक्त निर्णय गरेको थियो।
बिहीबार उक्त निर्णयपछि शुक्रबारबाट सडक विस्तारको काम सुरु गरीएको गोकर्णेश्वर नगरपालिका प्रमुख चालिसेले जानकारी दिनुभएको छ।
मन्त्रालयमा भएको सहमति अुनसार एक महिना भित्र गोकर्णेश्वर नगरपालिकाले जोरापाटी सुन्दरीजल सडकक्षेत्रमा पर्ने घरटहरा र रुखहरु हटाउनु पर्ने, विद्युतका पोलहरु हटाउने सम्बन्धमा विद्युत प्राद्यिकरणले तत्काल कार्य सुरु गर्ने, सडकमा पर्ने टेलिफोनका तारवार व्यवस्थापन गर्ने जिम्मा नेपाल टेलिकमले लिने, खानेपानी तथा सरसफाईसँग समन्वय गर्ने र ०७७ असार मसान्त सम्म ठेकेदार कम्पनी (आषिस सिएम जेभी कम्पनी) ले साइड क्लियर भएका स्थानमा कालोपत्रे गरीसक्नु पर्ने भएको छ।