गोसाइकुण्डमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

0
Shares

सरस्वती न्यौपाने, रसुवा ।

जिल्लाको उच्च भागमा अवस्थित पवित्र गोसाइकुण्डमा विराजमान रहनु भएका शङकर भगवानको दर्शनार्थ १२ महिनानै आन्तरिक तथा बाह्य पर्यटक को घुइचो लागपछि त्यस क्षेत्रका व्यवसायी खुसी भएका छन् ।

पौराणिक कथन अनुसार समुन्द्र मन्थन गर्दा कालकुट विष निस्केको र समुन्द्रमा निस्केको विष छोडिदिँदा सम्पुर्ण चराचर प्राणि जगत नै नष्ट हुने भएकाले सबैको रक्षा गर्ने भगवान शंकरले त्यो विषपान गरि घाटी मै राखेर प्राणि जगतको रक्षा गर्नुभएको धार्मिक विश्वासले नै गंगा दशहजार जनै पुर्णिमा वर्ष को दुइ पटक मात्र भव्य मेला लाग्दथ्यो भने आजभोलि खान बस्ने राम्रो सुविधा बाटो घाटोहरु राम्रो भएकाले १२ महिना मानिसको घुइँचो हुन थालेपछि व्यापार व्यवसाय फस्टाएको ले व्यवसायीहरु उत्साही भएका छन् ।

भुकम्पका कारण बाटोहरु असहज हुदा धार्मिक क्षेत्रमा कम भएतापनि अचेल सामान्य भएपछि ओहिरो नै लाग्ने गरेको छ । कम्तिमा सय देखि दुइ सय सम्म धार्मिक आन्तरिक तथा बाध्य पर्यटक हरुको आगमन भइरहेको छ ।काठमाण्डौ बालाजु बसपार्क हुदै रानीवन रानी पौवा पीपलटार बट्टार थानकोट गल्छी देविघाट हुदै दुइ मार्गबाट त्रिशुलीको ढुङगे उत्तरगया बेत्राबती ऐतिहासिक कालिकास्थान गुम्बुडाँडा राम्चे ग्राङ ठाडे लौरिविनायक तेरसो ककरो भिर हुदै भक्तजनहरु निलाद्री पर्वतको पौराणिक धार्मिक गोसाइकुण्ड पुग्ने गर्दछन ।

जनै पुर्णिमाको दिन पितृ तर्पण गर्नाले दिवङगत पुर्खाको आत्मालाई शान्ति मिल्ने र भुत प्रेत पिचासको भय नहुने विश्वास समेत रहिआएको ट ।गोसाइकुण्ड मा दह बन्नु पुर्व कुण्डको उत्तर तर्फ शंकर भगवानले त्रिशुल प्रहार गरि उत्पति गराउनु भएको तीन धारामा र कुण्ड तथा मानव निर्मित मन्दिर समेतमा धुप बती जौ तिल जट्टावाला नरिवल श्रीखण्ड वा केशरी गाईको घ्यु बेलपत्र सन्र्यु वसाहा दियो जस्ता सामाग्री चढाई पुजा गर्नाले जानेर वा अन्जानमा गरेका पाप नष्ट भइ नयाँ सोच पलाउने मान्यता रहिआएको छ ।

जिन्दगीमा एकपटक भएतापनि कुण्ड पुग्नै पर्ने जनविश्वास रहेको छ ।बेत्रावति उत्तरगया घाटमा दाह्री केश मुण्डन गङगा पुजन र पितृ तपर्ण पछि गोसाइकुण्ड को यात्रा अगाडि बढछ भक्तजन ले कुण्डमा पुगपछि स्नान गर्ने र कुण्डको परिक्रमा गर्न सके सात पटक नसके एकपटक भएपनि कुण्डमा डुबुल्की लगाउने गर्दछन नेपालको सिमसार क्षेत्रमा सुचिकृत १० सिमसार क्ष्ँेत्र अन्तरगत पर्ने गोसाइकुण्ड सरस्वतीकुण्ड भैरवकुण्ड दुधकुण्ड सुर्यकुण्ड गणेशकुण्ड रिभरकुड जागेश्वरकुण्ड जस्ता यस जिल्लाको धार्मिक पर्यटकिय आस्थाका केन्द्र हुन ।

यस गोसाइकुण्ड मा छोरा नहुनेले भाकल गरे छोरा हुने विश्वास रहेको छ यस क्षेत्रमा हेर्न लायकका गुफाहरु पनि रहेका छन् अमरसिंह गुफा अमर सिंहले यहि ठाउँमा देहत्याग गरेका थिए ।छेखाङ डुप्खाङ गुफा कर्म गुरु छम्खाङ गुफा गुलुुलु दम्खाङ गुफा ल्हासाङ गुफा डुप्क्षु गु गुफा रहेका छन यस्तै बेन्ज्या गुफा आप्सा गुफा फलुङ गुम्बा सिंह गुम्बा दोम्च्ये गुम्बा रटासी गुम्बा हरु पनि रहेका छन् ।

यस कारण पनि धार्मिक आस्थाले पनि धेरै धार्मिक पर्यटन बढेकाले व्यापार पनि राम्रै रहेको चन्दनबारी याकनाक होटल सञ्चालक पासाङ घियुरमे तामाङले बताउनुभयो ।उहाँको होटल व्यवसाय राम्रो चलेको बताउनुहुन्छ लाङटाङ राष्ट्रिय निकुञ्जले नेपाली लाई प्रवेश शुल्क एक सय र अन्य मुलुकका विदेशी लाई ३ हजार शुल्क लिने गरेको छ ।