म्हानी मन्त्र गीत गाएर नाच्ने परम्परालाई जिवन्त राख्दै रसुवावासी

0
Shares

सरस्वति नयौपाने, रसुवा ।

गोसाइकुण्ड गाउँपालिका २ टिमुरे स्थित खैदी स्थिती सातौ शताब्दी मा गुरु रिम्बोक्र्षे (पध सम्भव) ले निर्माण गर्नुभएको म्हानी मन्त्र गीत गाएर आज मंसिर २० गते रात भरि नाच्ने कार्यक्रम रहेको छ ।

साँस्कृतिक एवम अधिवक्ता फुर्पा तामाङका अनुसार यो एउटा सेदङ गुरु गोम्बा भएका कारण पवित्र स्थानको रुपमा पुण्य भुमिले चिनिन्छ । हरेक वर्ष आजको रात ब्राम्डको शान्तिको म्हानी गरिन्छ ।

यस ठाउमा सेदङ गाउँका मानिसहरु मृत्यु पछि लास जलाउने परम्परा रहदै आएको छ ।यस क्षोर्तेनको ढुङगामा बौद्ध धर्मका मन्त्रहरु रहेका छन् । जनैपुर्णिमाको अवसरमा यस ठाउमा ठुलो मेला लाग्दछ ।जनैपुर्णिमाको बेलामा टिमुरेवासी त्यस ठाउँमा मेला भर्न जान्छन यस माने लाई हेर्दा मान्छेले बनाएको देखिए तापनी गुरु पध सम्भवले राक्षस सँग लडाइ गर्ने बेलामा गुरुले एकै रातमा याक लाइ ढुङगा बोकाइ कमिलालाई माटो ओसार्न लगाएर बिहान उज्यालो हुननपाइ यो म्हानी बनाएको बन्ने किम्बदन्ती छ ।

एकै रातमा यो म्हानी बनाई मानवलाई क्षति हुन बाट जोगाएको भन्ने कथन छ यस्तो महत्व र धार्मिक आस्था बोकेको ठाउँलाई उचित प्रचर गरि पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने जनविश्वास रहिआएको छ ।