न्युज अफ नेपाल, पोखरा ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष बिच भलिबलमा नेपाली जोडी विजयी भएको छ । मानबहादुर श्रेष्ठ र दिल सुनाको जोडीले बंगलादेशको जोडीलाई २–० को सोझो सेटमा हराएको छ । मान र दिलको जोडी जोडी २१–१६,२१–१८ ले विजयी भएको छ ।
पुरुषको अर्को जोडीमा राजु विक र सञ्जु शाह तथा महिलातर्फ विनिता बुढाथोकी र नेविका चौधरी एवंम् कोपिला उप्रेती र मनीषा चौधरीको जोडी छन् ।











प्रतिक्रिया